Logo

बुधवार, श्रावण २७ गते २०८३

images

फेरि कोरोना संक्रमण बढ्न थाल्यो, सरकारले भन्यो सचेत रहनु

फेरि कोरोना संक्रमण बढ्न थाल्यो, सरकारले भन्यो सचेत रहनु

दैनिकी न्यूज

८, चैत्र २०७७
फेरि कोरोना संक्रमण बढ्न थाल्यो, सरकारले भन्यो सचेत रहनु
images

काठमाडौँ । सरकारले कोरोना जोखिम बढेको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको हो । पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - २१:०९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology