Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १८८ जनालाई कोरोना संक्रमण पुष्टि

आज १८८ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, चैत्र २०७७
आज १८८ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भएकोमा ४०३२ जनाको पीसीआर जनाको पीसीआर परीक्षण गर्दा १८८ जनालाई संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७७ जना निको भएका छन् भने एक संक्रमितको पनि मृत्यु भएको छैन । अहिले नेपालमा २ लाख ७६ हजार २४४ संक्रमित रहेका छन् भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । संक्रमित मृतकको संख्या ३ हजार १९ रहेको छ । आज १ हजार २२८ जना आइसोलेसनमा छन् भने ४८ जना क्वारेन्टिनमा छन् ।

केही दिनयता भारतमा संक्रमण बढ्न थालेपछि नेपालमा पनि बढ्ने चिन्ता थपिएको छ । सोमबार ९हिजो ०१५० जनालाई संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २०:३२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology