काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङ अनुसार देशभर १४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।
२४ घण्टामा ३ हजार ९६३ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार १८२ रहेको छ ।