Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १२० जनामा कोरोना संक्रमण पुष्टि

आज १२० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, चैत्र २०७७
आज १२० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १२० जना कोरोना भाइरस (कोभिड–१९) मा पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बिहीबार १२० जना कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको छ भने ५५ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १९:४७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology