Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि

आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, चैत्र २०७७
आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १६७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, ३ संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ३१ सय ४० जनाको पीसीआर परीक्षण भयो । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ७२७ जना निको भएका छन् भने ३ हजार ३० संक्रमितको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या १३ सय ९० रहेको छ भने ५३ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २२:२५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology