Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि

आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, चैत्र २०७७
आज १६७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १६७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, ३ संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ३१ सय ४० जनाको पीसीआर परीक्षण भयो । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ७२७ जना निको भएका छन् भने ३ हजार ३० संक्रमितको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या १३ सय ९० रहेको छ भने ५३ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २२:२५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology