Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

के फेरि बढ्न थालेको हो कोरोना ? यस्तो छ पछिल्लो डाटा

के फेरि बढ्न थालेको हो कोरोना ? यस्तो छ पछिल्लो डाटा

दैनिकी न्यूज

२४, चैत्र २०७७
के फेरि बढ्न थालेको हो कोरोना ? यस्तो छ पछिल्लो डाटा
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु बढ्न त्जालेको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । १ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - ००:०९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology