Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा

कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा

दैनिकी न्यूज

२४, चैत्र २०७७
कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा
images

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन् । एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना मन्त्रीले राजीनामा दिएपछि उनी अल्पमतमा परेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री समक्ष मंगलबार राजीनामा पत्र बुझाएका हुन् । आइतबारको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही बमोजिम एमालेका तीन मन्त्रीले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एमाले संसदीय दलले गरेको निर्णयलाई स्वीकार गरेर आफूहरुले राजीनामा दिएको बताए ।

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - २२:४६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology