काठमाडौं । पछिल्लो २४ घण्टामा ३३२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण भएकोमा ३३२ जनालाई संक्रमण पुष्टि छ । सोही अवधिमा ७९ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ भने ३ हजार ३८ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४ सय ५४ रहेको छ ।