Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज २८८ जनामा कोरोना संक्रमण पुष्टि

आज २८८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, चैत्र २०७७
आज २८८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण भएकोमा २८८ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२७ जना निको भएका छन् भने शुन्य मृत्यु छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ रहेको छ । ३ हजार ३८ संक्रमितको मृत्यु भएको छ । अहिले २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - २०:०४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology