Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २८८ जनामा कोरोना संक्रमण पुष्टि

आज २८८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, चैत्र २०७७
आज २८८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण भएकोमा २८८ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२७ जना निको भएका छन् भने शुन्य मृत्यु छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ रहेको छ । ३ हजार ३८ संक्रमितको मृत्यु भएको छ । अहिले २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - २०:०४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology