Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा बढ्यो कोरोना संक्रमण दर, आज ३ सय ३ लाई संक्रमण पुष्टि

उपत्यकामा बढ्यो कोरोना संक्रमण दर, आज ३ सय ३ लाई संक्रमण पुष्टि

दैनिकी न्यूज

२९, चैत्र २०७७
उपत्यकामा बढ्यो कोरोना संक्रमण दर, आज ३ सय ३ लाई संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ११ जना, ललितपुरमा १५ जना र काठमाडौंमा १२८ गरी जम्मा १५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै,पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।

त्यस्तै, कोरोनाको संक्रमणबाट एक जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ।

मुलुकभर ८३ जना क्‍वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - १९:१८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology