Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

आज ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

दैनिकी न्यूज

३०, चैत्र २०७७
आज ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु
images

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार एकै दिन ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।

४ हजार ३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

कोरोनाको नयाँ भेरिएन्टले नेपालमा पनि असर पार्ने खतरा विज्ञहरुले औँल्याएका छन् । उनीहरुका अनुसार नयाँ भेरिएन्टको असर पहिलेभन्दा बढी हुनसक्नेछ । पछिल्लो समय भारतमा व्यापक रुपमा कोरोनाको असर देखिँदा स्थल सीमाबाट नेपाल प्रवेश गर्ने क्रम पनि बढेको छ । साथै भीडभाड पनि उत्तिकै बढ्दा कोरोना संक्रमण फैलिनसक्ने भन्दै सचेत गराइएको छ ।

नेपाल सरकारले भने भीडभाड नगर्न, सामाजिक दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्न आग्रह गर्दैआएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २०:२८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology