Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० जनामा कोरोना संक्रमण पुष्टि

आज ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, बैशाख २०७८
आज ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको जनाए । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।


देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ । संक्रमितमध्ये २ सय ५४ जना काठमाडौं उपत्यकाका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण दिएको हो ।

२४ घण्टामा १ सय २९ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या भने ७९ रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १९:४६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology