Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ५ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

आज ५ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, बैशाख २०७८
आज ५ सय ९० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । बिहीबार देशभरमा ५ सय ९० जना कोरोना भाइरस (कोभड–१९) संक्रमित थपिएका छन् । २४ घण्टामा कुल ४ हजार १५२ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४५, ललितपुरका ४३ र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशमा थपिएका ती संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षसम्मका ११४ जना रहेका छन् भने २० देखि २९ वर्षभित्रका १०७ जना र ४० देखि ४९ वर्षभित्र ९२ जना रहेको पनि मन्त्रालयको तथयंकले देखाउँछ ।

यसैगरी एक दिनमा कोरोना मुक्त हुने १५७ जना छन् भने हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ र निको हुनेको दुई लाख ७४ हजार ६०४ रहेको छ । नेपालमा अहिलेसम्म कुल ३ हजार ६६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १८:३६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology