Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कस्तो छ पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको अवस्था ?

कस्तो छ पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको अवस्था ?

दैनिकी न्यूज

४, बैशाख २०७८
कस्तो छ पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको अवस्था ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३ सय ३३ पीसीआर परीक्षणबाट शनिबार ७ सय ६८ जना संक्रमित फेला परेको हो ।

त्यस्तै ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ८ सय ४३ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

२४ घण्टामा २ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - १८:५०:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology