Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

आज एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, बैशाख २०७८
आज एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कारोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

२४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । सोही अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । हाल आइसोलेसनमा ६ हजार २ सय ९० र क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

गौतमका अनुसार पछिल्लो एक सातामा १९ हजार ५४२ परीक्षण भएकोमा ३ हजार १०९ संक्रमित फेला परेका छन्। यस्तै यो साता ८५३ जना संक्रमणमुक्त भएका छन्।

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - १६:५५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology