Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

आज १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

दैनिकी न्यूज

६, बैशाख २०७८
आज १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ८१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १२ सय २७ र एन्टीजेनमा ५४ जनालाई पोजेटिभ देखिएको छ ।

२४ घण्टामा ७ हजार १ पीसीआर र ५४७ जनाको एन्टीजेन परीक्षण भएको थियो । सोही अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ५५५ जना निको भएका छन् भने ३ हजार ९१ जनाको मृत्यु भएको छ । अहिले ७२ सय ९१ जना संक्रमित आइसोलेसनमा छन् ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १८:०२:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology