Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २५ सय ५९ जनालाई कारोना संक्रमण पुष्टि

आज २५ सय ५९ जनालाई कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, बैशाख २०७८
आज २५ सय ५९ जनालाई कारोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएकामध्ये २६ प्रतिशतलाई संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण भएकोमा २५ सय ५९ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७ सय ९८ जनाको पीसीआर परीक्षण भएकोमा २४ सय ५९ जना र ८६६ जनाको एन्टीजेन परीक्षण भएकोमा ११० जनालाई पोजेटिभ देखिएको छ ।

सोही अवधिमा ४१० जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६०, ललितपुरमा १०६ र भक्तपुरमा ७४ जना गरी ९४० जना थपिएका छन् । नेपालमा २ लाख ९४ हजार ६०१ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७६ हजार ७५५ जना निको भएका छन् भने अहिले १४ हजार ७२४ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - २१:०४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology