Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

आज ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, बैशाख २०७८
आज ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

९ हजार २ सय ९२ जनाको पीसीआर गर्दा तीन हजार ३२ जना र ७ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ । हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । आज ४ सय ५० जना निको भएर घर फर्किएका छन् ।


प्रवक्ता गौतमका अनुसार २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ६४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने अहिले ६९ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टामा ३१ सय २२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ११९ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार ५७३ जना निको भएका छन् ।

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - १९:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology