काठमाडौं । नेपालमा कोरोनाको दोस्रो वेव तीब्र रुपमा फैलन थालेको छ । केहीदिनयताको अवस्था हेर्दा संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ गरी कुल ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो। ncell योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन्। ncell यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसैबीच, पछिल्लाे २४ घण्टामा १७ जना संक्रमितकाे मृत्यु भएकाे समेत मन्त्रालयले जनाएकाे छ।