Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४९ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि

आज ४९ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, बैशाख २०७८
आज ४९ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर ४९ सय २८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ सय ८८ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

१२ हजार ५९७ जनाको पीसीआर परीक्षण भएकोमा ४८ सय ३१ जनालाई पोजेटिभ देखिएको छ भने ९६३ जनाको एन्टीजेन परीक्षण हुँदा ९७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । जसमध्ये २ लाख ८० हजार १६७ निको भएका छन् भने ४२ सय ४६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १८:०३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology