Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ५७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि

आज ५७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, बैशाख २०७८
आज ५७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा दोस्रो लहर सुरु भएयता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्याले रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टमा देशभर ५७ सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९२८ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

१५ हजार ३९२ जनाको पीसीआर परीक्षण भएकोमा ५६५७ जनालाई पोजेटिभ देखिएको छ भने ५२५ जनाको एन्टीजेन परीक्षण हुँदा ७० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८६ पुगेको छ । जसमध्ये २ लाख ८१ हजार ९५ निको भएका छन् भने ३२ सय ७९ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ ।

काठमाडौं उपत्यकामा एकै दिन करिब ३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोकोभन्दा झण्डै दोब्बर हो । हिजो उपत्यकामा १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २२:२६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology