Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा तीब्र गतिमा बढ्दै कोरोना, २४ घण्टामा यस्तो देखियो

नेपालमा तीब्र गतिमा बढ्दै कोरोना, २४ घण्टामा यस्तो देखियो

दैनिकी न्यूज

१८, बैशाख २०७८
नेपालमा तीब्र गतिमा बढ्दै कोरोना, २४ घण्टामा यस्तो देखियो
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्ने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यस्तै ५ सय ५५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांक छ । २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ । २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४९५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् । यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २०:४४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology