Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७२ सय ११ जनामा संक्रमण पुष्टि

आज ७२ सय ११ जनामा संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, बैशाख २०७८
आज ७२ सय ११ जनामा संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा थप ७२ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौं उपत्यकामा ३५ सय ९५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २७ सय ४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनालाई पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर ७ हजार २११ लाई कोरोना पुष्टि भएको जानकारी दिए ।

अहिले सक्रिय संक्रमित ४८ हजार ७११ रहेको छ । गौतमका अनुसार १६ हजार १४७ जनाको पीसीआर परीक्षण भएकोमा ७ हजार १३७ जना र ६२३ जनाको एन्टीजेन परीक्षण भएकोमा ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ सय १२ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ जसमध्ये २ लाख ८३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । ३३ सय २५ संक्रमितको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - १७:३७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology