Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार कोरोना संक्रमितले राख्यो नयाँ रेकर्ड, मृत्यु समेत हालसम्मकै उच्च

बुधबार कोरोना संक्रमितले राख्यो नयाँ रेकर्ड, मृत्यु समेत हालसम्मकै उच्च

दैनिकी न्यूज

२२, बैशाख २०७८
बुधबार कोरोना संक्रमितले राख्यो नयाँ रेकर्ड,  मृत्यु समेत हालसम्मकै उच्च
images

काठमाडौं । नेपाल कोरोना संक्रमणको बुधबार नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एकैदिन हालसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै मृत्यु समेत हालसम्मकै उच्च भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौ उपत्यकामा मात्र ३ हजार ८ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।

२० हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८६ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

२४ घण्टामा १९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका कारण आज ५८ जनाको मृत्यु भएको छ । यसअघि हिजो देशभर ७४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने ५५ जनाको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १६:३५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology