काठमाडौ । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा कोरोना संक्रमण सुरु भए यताकै सबैभन्दा बढी हो । त्यसैगरी थप २ हजार ७०७ जना भने संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय जना गरी थप ९ हजार ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० रहेको छ। जसमध्ये २ लाख ९२ हजार ४९० जना निको भएका छन् । अहिले देशभर ७२ हजार ५६१ संक्रमित आइसोलेसनमा रहेका छन् ।
२४ घण्टामा २७ सय ७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ।