काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ हजार बढी कोरोना भाइसर (कोभिड–१९) संक्रमित थपिएका छन् ।
१९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ । जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
बितेको २४ घण्टामा कोरोनाकै कारण ५० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या तीन हजार ५७९ पुगेको छ ।