Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा कोरोना बढ्दै छ कि घट्यो ? यस्तो छ शनिबारको अवस्था

नेपालमा कोरोना बढ्दै छ कि घट्यो ? यस्तो छ शनिबारको अवस्था

दैनिकी न्यूज

२५, बैशाख २०७८
नेपालमा कोरोना बढ्दै छ कि घट्यो ? यस्तो छ शनिबारको अवस्था
images

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८ हजार ४ सय १८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १८ हजार ३ सय ४ पीसीआर परीक्षणबाट ८ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १९:४८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology