काठमाडौं । पछिल्लो २४ घण्टामा ८८ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८७ सय ७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८८ सय ५० पुष्टि भएको छ ।
हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १ सय ६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि हिजो ८४ सय १८ जनामा कोरोना पुष्टि भएको थियो भने ५३ जनाको मृत्यु भएको थियो ।