काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९२ सय ७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती मध्ये काठमाडौं उपत्यकामा थप ३६ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थपिएकामध्ये काठमाडौं उपत्यकामा ३६ सय ७ जनालाई पोजेभिट देखिएको छ । काठमाडौंमा २७ सय ७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिभिन्न समयमा मृत्यु भएका ६५ जना संक्रमितको तथ्याङ्क नेपाली सेना मार्फत सिसिएसमीलाई प्राप्त भएको र उक्त तथ्याङ्कसमेत अद्यावधिक गर्दा मृत्यु हुनेको संख्या १३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
१३९ जना कोरोनाको कारण एकै दिन मृत्यु हुनेको सर्वाधिक संख्या हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ सय ५९ पुगेको छ ।
यसअघि हिजो कोरोना संक्रमण सुरुभए देखिकै उच्च ८८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनदिनै उकालो लागेको छ ।