काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर निकै उच्च छ । पछिल्लो २४ घण्टामा देशभर ९४ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार थप ९४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये काठमााडौं उपत्यकामा ३९सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनालाई कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२ सय २५ छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्थास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालको कोरोना संक्रमण पुष्टि हुने कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । हालसम्म ३ लाख १३ हजार १९ कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २२५ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।
२४ घण्टामा २० हजार ५६९ पीसीआर र ७२० एन्टिजेन परीक्षण गरिएको छ।