Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २१४ जना कोरोना संक्रमितको मृत्यु

आज २१४ जना कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

३०, बैशाख २०७८
आज २१४ जना कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१४ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

आज मृत्यु भएकासँगै नेपालमा संक्रमित मृतकको संख्या ४ हजार ४६६ पुगेको छ । यसअघि हिजो (बुधबार) १६८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनदिनै उकालो लागेको छ ।

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८९ सय ६० जना संक्रमित थपिएका छन्। यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १७:५६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology