Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज २१४ जना कोरोना संक्रमितको मृत्यु

आज २१४ जना कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

३०, बैशाख २०७८
आज २१४ जना कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१४ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

आज मृत्यु भएकासँगै नेपालमा संक्रमित मृतकको संख्या ४ हजार ४६६ पुगेको छ । यसअघि हिजो (बुधबार) १६८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनदिनै उकालो लागेको छ ।

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८९ सय ६० जना संक्रमित थपिएका छन्। यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १७:५६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology