Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ८४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

आज ८४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३१, बैशाख २०७८
आज ८४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८४ सय ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै आज २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २०३ संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ४६ सय ६९ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १८:०८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology