Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ८१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

आज ८१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, जेठ २०७८
आज ८१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ। होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ।

मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोनाले १ सय ८७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

१ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन्। गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १७:४६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology