काठमाडौं । आज देशभर थप ९ हजार २४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पीसीआर र ४३४ जनाको एन्टीजेन परीक्षण गर्दा ९ हजार २४७ जनामा पोजेटिभ देखिएको हो । ती मध्ये काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् भने २१४ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६७ हजार ८१८ पुगेको छ । जसमध्ये ३ लाख ४५ हजार ५२३ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार १ हजार २ सय ५९ जना आइसियु र ४ सय जना भेन्टिलेटरमा उपचाररत छन्।
देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो केही दिनयता संक्रमण र मृत्युदर घट्दै गएकोमा परीक्षण थोरै बढाउने वित्तिकै संक्रमण र मृत्युदर दुवै उकालो लागेको हो।