काठमाडौं । आज देशभर थप ८२ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८२ सय ३ जनामा पोजेटिभ देखिएको हो ।
आज काठमाडौं २ हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन्। काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६ छन्। ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ६८ सय ९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् । क्वारेन्टाइनमा ७५२ जना छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५४ सय ११ पुगेको छ ।