Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ८१ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ को मृत्यू

आज ८१ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ को मृत्यू

दैनिकी न्यूज

५, जेठ २०७८
आज ८१ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ को मृत्यू
images

काठमाडौं । आज देशभर थप ८१ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ सय ७३ जनामा पोजेटिभ देखिएको हो । यस्तै आज ७९ सय ८९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १६:४८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology