Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ८३ सय ५ कोरोना संक्रमित थपिए, ६५ सय ४३ कोरोना संक्रमण मुक्त

आज देशभर ८३ सय ५ कोरोना संक्रमित थपिए, ६५ सय ४३ कोरोना संक्रमण मुक्त

दैनिकी न्यूज

६, जेठ २०७८
आज देशभर ८३ सय ५ कोरोना संक्रमित थपिए, ६५ सय ४३ कोरोना संक्रमण मुक्त
images

काठमाडौं । आज देशभर थप ८ हजार ३०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो । यस्तै आज ६५ सय ४३ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

अहिले १ लाख १५ हजार ८५२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ३ लाख ६६ हजार ९४६ निको भएका छन् । 

पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५८ सय ४७ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १६:४९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology