Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ८४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार ८४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, जेठ २०७८
शुक्रबार ८४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८४ सय ७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८४ सय ७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै २४ घण्टामा ७८ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । क्वारेन्टाइनमा ९१२ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १९:३८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology