Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ८९ सय ८० जना संक्रमित थपिए, १२९ को मृत्यू

आज ८९ सय ८० जना संक्रमित थपिए, १२९ को मृत्यू

दैनिकी न्यूज

८, जेठ २०७८
आज ८९ सय ८० जना संक्रमित थपिए, १२९ को मृत्यू
images

काठमाडौं । आज देशभर थप ८९ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जना पीसीआर र ७४८ जनाको एन्टीजेन परीक्षण गर्दा ८९ सय ८० जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै आज १२९ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १६:५८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology