Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

आज ७९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, जेठ २०७८
आज ७९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप ७९ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा।जागेश्वर गौतमका अनुसार देशभर थप ७९ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६ सय ६४ जना संक्रमितले कोरोना जितेका छन् । सोही अवधिमा १९३ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा कोरोना संक्रमण देखिएको हो।

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १८:१३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology