काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७२ सय २० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षण गरिएको हो।
काठमाडौं उपत्यकामा २४ घण्टामा २७ सय ८५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १८ सय ६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ जना रहेका छन् ।
यस्तै ७१ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । क्वारेन्टाइनमा ९२४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १८५ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।