Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

८६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु,

८६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु,

दैनिकी न्यूज

११, जेठ २०७८
८६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु,
images

काठमाडौं । आज देशभर थप ८६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९३६ पीसीआर र ६३० जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६३६ जनामा पोजेटिभ देखिएको हो ।

उपत्यकामा पछिल्लो २४ घण्टामा २६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा १८ सय ६३, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ गरि २६ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६४ सय ४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १७ हजार २६१ जना संक्रमित आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये ४ लाख ४८ हजार ८८७ जना निको भएका छन् भने ६ हजार ७ सय जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १७:२६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology