काठमाडौं । आज देशभर थप ६९ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा ६ हजार ९५१ जनामा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा ९८ सय २१ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।
अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।