Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ४३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, जेठ २०७८
आज देशभर ४३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । देशभर ४३ सय ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३११ जनामा कोरोना पुष्टि भएको हो ।

७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

यस्तै थप ११६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १८:४०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology