Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३७ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ६२ सय ५ जना डिस्चार्ज

आज देशभर ३७ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ६२ सय ५ जना डिस्चार्ज

दैनिकी न्यूज

१६, जेठ २०७८
आज देशभर ३७ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ६२ सय ५ जना डिस्चार्ज
images

काठमाडौँ । २४ घण्टामा देशभर ३७ सय २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३७ सय २ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्यामा उल्लेखित रुपमा कमी आएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा १०९३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १६८ गरी १०९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । क्वारेन्टाइनमा ७६३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०९ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १८:१६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology