Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ४१ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६४सय ९१ जना निको

आज देशभर ४१ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६४सय ९१ जना निको

दैनिकी न्यूज

१७, जेठ २०७८
आज देशभर ४१ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६४सय ९१ जना निको
images

काठमाडौँ । २४ घण्टामा देशभर ४१ सय ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । क्वारेन्टाइनमा ६८९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ११४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २१:०३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology