Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा घट्दै कोरोना संक्रमण, यस्तो छ पछिल्लो २४ घण्टाको अवस्था

नेपालमा घट्दै कोरोना संक्रमण, यस्तो छ पछिल्लो २४ घण्टाको अवस्था

दैनिकी न्यूज

१८, जेठ २०७८
नेपालमा घट्दै कोरोना संक्रमण, यस्तो छ  पछिल्लो २४ घण्टाको अवस्था
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २० हजार १६५ पीसीआर परीक्षणमा ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै, २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २०:५५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology