Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३१, जेठ २०७८
आज देशभर २९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २९ सय १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो साता दिनै सक्रिय संक्रमितको संख्या घट्दो छ । पछिल्लो २४ घण्टामा ९ हजार ४३८पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ८१९ परीक्षण भएको छ । जसमा पीसीआरमा २०४९ र एन्टीजेनमा ८६९ जनालाई पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । अहिले आइसोलेसनमा ६५ हजार ८०४ जना संक्रमित रहेका छन् ।

अहिलेसम्म ६ लाख ३१ हजार ८६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् । ५३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ८ हजार ४६५ जना पुगेको छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - १७:०२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology