काठमाडौं । देशभरमा गरी आज २७ सय ४५ जनालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १६ सय ८१ जना र ५८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१ सय ८७ जनाले कोरोनालाई जितेका छन् । सो अवधिमा कोरोनाकै कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ ।