Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३ हजार ८२ जना कोरोना संक्रमित निको, संक्रमित कति ?

आज देशभर ३ हजार ८२ जना कोरोना संक्रमित निको, संक्रमित कति ?

दैनिकी न्यूज

२, आषाढ २०७८
आज देशभर ३ हजार ८२ जना कोरोना संक्रमित निको, संक्रमित कति ?
images

काठमाडौं । २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन् ।

images
प्रकाशित मिति :आषाढ २, २०७८ बुधवार - २१:३३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology